काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।
बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।
‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् ।
आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ ।
यसअघि उनीहरूले साउन १० गते नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले सह-सचिव भूपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, पीडितहरूले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् ।