माओवादी बैठकमा आज पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने

राष्ट्रपाटी न्युज

२१ श्रावण २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पाँचौँ दिन पनि जारी रहने छ ।

गत बुधबार सुरु भएको बैठकमा शनिबारसम्म झन्डै दुई सयजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताले धारणा राखेका थिए ।

सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादीले जनाएको छ ।


Published :२१ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media