शेयर बजारमा २८.४० अंकको गिरावट, कारोबार रकम १ अर्ब ७३ करोड

राष्ट्रपाटी न्युज

२३ श्रावण २०८०

काठमाडौं । सेयर बजार अझै पनि सम्हालिन सकेको छैन । मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ ।

कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।

दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

यस दिन २६५ कम्पनीको ४८ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।


Published :२३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media