ललिता निवास प्रकरणमा पक्राउ परेका थप ७ दिन थुनामा रहने

राष्ट्रपाटी न्युज

२४ श्रावण २०८०

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो ।

ब्युरोले ललिता निवासको जग्गा अनियमितता आशंकामा हालसम्म २० जनालाई पक्राउ गरेर संगठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।


Published :२४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media