सुन तस्करीका आरोपित व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

राष्ट्रपाटी न्युज

२६ श्रावण २०८०

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउपछि उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ । उनी व्यापारी राजेश अडुकियाका छोरा हुन् ।


Published :२६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media