ठूलो दलको हैसियतले संसद खुलाउने पहल कांग्रेसले गर्नुपर्छः नेता सिंह

राष्ट्रपाटी न्युज

२७ श्रावण २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवरुद्ध संसद खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् ।

आज कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले निरन्तर संसद अवरोध गर्नु उचित नभएको भन्दै ठूलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताए ।

उनले संवादमार्फत संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालेले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अवरोध हटाउन पहल गर्नुपर्छ ।’

विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताए ।


Published :२७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media