व्यवसायी रोहन अडुकिया रिहा

राष्ट्रपाटी न्युज

२७ श्रावण २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन्।

शुक्रबार उनलाई दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएको थियो।

करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानको क्रममा राजस्व अनुसन्धान विभागले रोहनको पासपोर्ट ‘कालो सूची’मा राख्न पत्राचार गरेको थियो ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पक्राउ गरेको थियो ।

अध्यागमनले पक्राउ गरेपछि राजस्व र अध्यागमनले रोहनलाई सीआईबीको जिम्मा लगाउन खोजेका थिए । तर, रोहनलाई केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन।

व्यवसायी राकेश अडुकियाका छोरा (उनी) रोहन दिल्लीबाट आएलगत्तै पक्राउ परेका थिए । तर, उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै सीआईबीले बुझ्न नमानेको भनिएको छ ।

दुवै निकायले बुझ्न नमानेपछि अध्यागमनले रातभर अडुकियालाई राखेको थियो। उनलाई आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको स्रोतले जनाएको छ ।


Published :२७ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media