वर्षाका कारण नेपाल र भारतबीचको खेल अवरुद्ध

राष्ट्रपाटी न्युज

१८ भाद्र २०८०

काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ। ३७.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो ।

नेपालले ३७.५ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन् ।

यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए ।


Published :१८ भाद्र २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media