एसिया कपः भारतसामु नेपालद्वारा २३१ रनको लक्ष्य प्रस्तुत

राष्ट्रपाटी न्युज

१८ भाद्र २०८०

काठमाडौं । एसिया कपमा नेपालले भारतलाई २३१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको क्यान्डीमा भएको खेलमा नेपाल १० बल अगावै अलआउट हुँदै २३० रन बनायो ।

सम्मानजनक योगफल तयार पार्न आशिफ शेखले अर्धसतक प्रहार गरे । ९७ बल खेलेका उनले ८ चौकासहित ५८ रन बनाए ।

त्यस्तै सोमपाल कामीले ४८ रन बनाए। ५६ बल खेलेका उनले दुई छक्का र एक चौका प्रहार गरे ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले २९ र गुल्शन झाले २३ रन बनाएर आउट भए ।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। भीम सार्की ७, रोहित पौडेल ५, कुशल मल्ल २  रन बनाउँदा, सन्दीप लामिछाने ९ र करण केसी २ रनमा अविजित रहे। ललिता राजबंशी भने शून्य रनमै आउट भए ।

त्यस्तै भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन-तीन विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डे र श्रदुल ठाकुरले एक-एक विकेट लिए ।


Published :१८ भाद्र २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media