राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तासम्म पु-याउन आवश्यकः राष्ट्रपति पौडेल

राष्ट्रपाटी न्युज

२ आश्विन २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पु-याउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भयो । उहाँले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पु-याउन आवश्यक रहेको बताउनु भयो । उहाँले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताउनु भयो ।

उहाँले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गर्नुभयो । उहाँले प्रतिक सहितको गणेशमान पार्कले उहाँको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पु¥याउने विश्वास लिएको बताउनु भयो । राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गर्नुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनु भयो ।

उहाँले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । उहाँले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने बताउनु भयो । उहाँले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रुपमा मान्छु । नेपालमा एउटा नेता गणेशमान सिंह हो । एक पटक सम्पूर्ण नेपालीले नेता माने । वामपन्थि र काँग्रेस नभनि सबैले मानेको नेता उहाँ नै हो । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन । राष्ट्र निर्माणको लागि जीवन सर्मपण गर्ने आदर्श त्याग र निष्ठाको निस्काम कर्महरु भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावि पुस्तासम्म पु-याउन सक्नुपर्छ । वाटिकाले गणेशमानको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पु¥याउँछ । उहाँको साथ र समिप्यता मेरो राजनीतिक जीवनमा पनि पाए । त्यसले मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ । लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन । जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यस्ता महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला ।’

राष्ट्रपति पौडेलले भक्तपुर बासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताउनु भयो । उहाँले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताउनु भयो । उहाँले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । उहाँले भक्तपुर बासीहरुले गणेशमान सिंह पार्क बनाए भनेर चित्त दुखाउने ठाउँ नभएको बताउनु भयो ।


Published :२ आश्विन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media