राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने

राष्ट्रपाटी न्युज

३ आश्विन २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध राँके जुलुस प्रदर्शन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भ्रातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।

संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाले मुलुकलाई सङ्कटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक सङ्घर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्दोलनको तयारीमा रहेको छ ।


Published :३ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media