सेयर बजारमा ४४.३४ अंकको वृद्धि, कारोबार रकम ३ अर्बमाथि

राष्ट्रपाटी न्युज

४ आश्विन २०८०

काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से बढेसँगै कारोबार रकम उच्च वृद्धि भएको छ।

नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुग्दा ३ अर्बमाथिको सेयर कारोबार भएको छ। आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँमा खरिदबिक्री भएको हो ।

दोहोरो अंकले बढेको सेयर बजारमा करिब १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको २० करोड बढि मूल्यको कारोबार भयो ।

रिलायबल नेपाल लाइफको १३ करोड र शिवम् सिमेन्टको १० करोड बढी मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ।

फाइनान्स उपसमूहको ४ प्रतिशत र डेभलपमेन्ट बैंककको ३ प्रतिशत बढीले मूल्य उकालो लागेको हो। आज २१७ कम्पनीको मूल्य बढ्दा ११ को मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।


Published :४ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media