प्रधानमन्त्री दाहालले भेटे अमेरिकी राष्ट्रपति वाइडेनलाई

राष्ट्रपाटी न्युज

५ आश्विन २०८०

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।

सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी थिए ।


Published :५ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media