शिक्षा विधेयकमा ७० भन्दा बढी त्रुटिः महामन्त्री थापा

राष्ट्रपाटी न्युज

५ आश्विन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ पत्ता लगाएको भन्दै विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उनले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताए । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उनले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताए ।

साथै उनले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सिर्जना गर्न सरकारसँग माग पनि गरे ।

 


Published :५ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media