माल्दिभ्सलाई पराजित गर्दै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

राष्ट्रपाटी न्युज

८ आश्विन २०८०

काठमाडौं । नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।

समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए ।

८६ औँ मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो। निराजन धामीले उक्त गोल गरेका थिए। इन्जुरी समयमा नेपालले अर्को गोल थपेको थियो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएपछि नेपाल दबाबमा आएको थियो । नेपालले फाइनल पुग्ने भारत वा भुटानमध्ये एकसँग खेल्ने छ । सोमबार साँझ भारत र भुटानबीच हुने खेलबाट नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी तय हुनेछ ।


Published :८ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media