विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीमा मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सोमबार उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नयाँ मन्त्री हुनेहरुमा बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बन्नुभएको छ भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् ।
यस्तै, निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्दा रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री भएका हुन् । उनहरु चारै जना एमालेबाट मन्त्री बनेका हुन् ।
यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पाँचकर्ण (पिके) राई, एकराज कार्की, सिर्जना राई मन्त्री बनिसकेका छन् ।
संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबै भन्दा ठूलो दलको हैसियतले दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नुपर्नेछ ।