बालेनविरुद्ध नारा लगाउँदै फुटपाथ व्यवसायी आन्दोलित

राष्ट्रपाटी न्युज

९ आश्विन २०८०

काठमाडौं । फुटपाथ व्यवसायीहरू आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न निषेध गरेपछि उनीहरू आन्दोलित भएका हुन्। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह अगाडि सडकमा भेला भएर धर्नामा बसेका छन्।

फुटपाथ व्यापारीको विकल्पको माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सडकमा उभिइरहेका अभियन्ता ई:को समर्थन गर्दै उनीहरूले धर्ना सुरू गरेका हुन् ।

व्यापारका लागि विकल्प दिनुपर्ने उनीहरूको माग छ। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। विकल्प नहुँदासम्म फुटपाथमा व्यवसायी गरेर खान दिनुपर्ने भन्दै उनीहरूले महानगरका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

 


Published :९ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media