१९औं एसियाली खेलकुदको किक्रेटमा नेपालको कीर्तिमानी जित, मंगोलिया २७३ रनले पराजित

राष्ट्रपाटी न्युज

१० आश्विन २०८०

काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सानदार सुरुआत गरेको छ । मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । नेपालले तीनवटा विश्व कीर्तिमान राखेको छ ।

यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।
नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।
नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
मंगोलियाका एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोड्न सके । एसियाडमा समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ ।


Published :१० आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media