काठमाडौं । नेप्से परिसूचक १९.९८ अंकले घटेर २००२.९२ अंकमा आइपुगेको छ । बजार ०.९८ प्रतिशतले ओरालो लाग्ने क्रममा कारोबारमा आएका २८२ स्क्रिप्टमध्ये १९३ वटाको मूल्य घटे। ३४ वटा स्क्रिप्टको मूल्यमा भने सुधार आएको छ।
कारोबार सुरु भएको केही समय स्थिर रहेर नेप्से निरन्तर घटेको हो। बुधबारको बजारमा ७० लाख ६१ हजार कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार कित्ता सेयर किनबेच भए। सबैभन्दा बढी कारोबार सन नेपाल लाइफको भयो। कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच हुँदा ६ करोड १९ लाख रुपैयाँसहित एनआईसी एसिया दोस्रो स्थानमा रह्यो।
यस्तै रिलायबल लाइफ, शिभम् सिमेन्ट र नागरिक लगानी कोषको सेयर किनबेचमा पनि लगानीकर्ताको सक्रियता देखियो ।
नेप्से घटेपनि मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक वृद्धि भयो। लक्ष्मी भ्यालु फन्ड २ को मूल्यमा ऋणात्मक सर्किट लाग्दा शुभम पावरको मूल्य करिब १० प्रतिशतले घट्यो । दिनभर कुल ५८ हजार ३ सय ६७ कारोबार भए। कारोबार संख्याका आधारमा सन नेपाल लाइफ शीर्ष स्थानमा रह्यो।
बुधबार कारोबारमा आएका सबै समूहगत उपसूचक घटे। जलविद्युत् समूहमा सर्वाधिक १.५१ प्रतिशतको गिरावट आयो । यस्तै वित्त समूह १.४२ प्रतिशतले घट्यो।