केपी ओलीद्वारा ओखलढुंगा रामपुरमा शहिद गुरु लुइटेल स्मृति पार्कको उद्घाटन

राष्ट्रपाटी न्युज

१० आश्विन २०८०

ओखलढुंगा । गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालले ओखलढुंगा मोलुंग २ रामपुरमा शहिद गुरु प्रसाद लुइटेलको स्मृतिमा बृहत त्रि- दिवसीय स्मृति दिवस समारोह सम्पन्न गरेको छ। यहि असोज ५ गते देखि शुरु भइ असोज ७ गते भव्य समारोहका बीच कार्यक्रम समापन भएको गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालका अध्यक्ष फडिन्द्र लुइटेलले जानकारी दिएका छन्।

तिन दिने कार्यक्रम अन्तर्गत असोज ५ र ६ गते सहिद गुरु लुइटेलको शालिक र शहिद गुरु लुइटेल स्मृति पार्क रहेको स्थान रामपुर बजारमा श्रीमदभागवत पाठ तथा लाख बत्ति सहित भव्य धार्मिक कार्यक्रम गरिएको र असोज ७ गते शहिद गुरु लुइटेल स्मृति पार्कको उद्घाटन र पार्क क्षेत्रमा बनाउन लागिएको मदन भण्डारीको पूर्ण कदको शालिकको शिलान्यास कार्यक्रम भव्य समारोहका बीच सम्पन्न भएको छ ।

 

शहिद गुरु लुइटेल स्मृति पार्कको उद्घाटन र पार्क क्षेत्रमा बनाउन लागिएको मदन भण्डारीको पूर्ण कदको शालिकको शिलान्यास नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री के पी शर्मा वलीले एक बिशेष एबम भव्य समारोहका बीच गरेका छन् । वली यहि असोज ७ गते दिनको ३ बजे ओखलढुंगा मोलुंग २ रामपुरमा हेलिकप्टरबाट ओर्लिएको गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालका सचिव कुमार घिमिरेले जानकारी दिएका छन्। उक्त कार्यक्रममा सबै राजनीतिक दल,नेकपा एमालेका बिभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरु, समाजसेवी बुद्विजिवी, मानवाधिकारबादी, द्वन्दपिडित, शिक्षक, बिधार्थी लगायत हजारौ नागरिकहरुको सहभागिता रहेको उनको भनाइ छ ।

गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालका अध्यक्ष फडिन्द्र लुइटेलको अध्यक्षतामा सम्पन्न समारोहमा नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार , पुर्व मन्त्रि अम्बिर बाबु गुरुङ, नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवाल ,मोलुंग गाउँपालिका अध्यक्ष उत्तम राइ,सहिद गुरु लुइटेलकि धर्म पत्नी गुनाकेशारी लुइटेल तथा उहाँको परिवार लगायत नेकपा एमालेका कोशी प्रदेश कमिटि सदस्यहरु, ओखलढुंगा जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार दाहाल , बिभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु लगायत हजारौं नागरिकहरुको उपश्थिति रहेको थियो।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष सम्बोधनका अतिरिक्त मोलुंग गाउँपालिका अध्यक्ष उत्तम राइ, गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालका सदस्य एबम शहिद गुरु लुइटेलका पुत्र सन्तोष लुइटेल लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालका सचिव कुमार घिमिरेले गरेका थिए।

 

 


Published :१० आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media