उच्चस्तरीय छानबिन आयोग बनाउने काममा सरकार पछि हट्योः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१० आश्विन २०८०

वीरेन्द्रनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भएका ठूला भ्रष्टाचारका घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउने काममा सरकार पछि हटेको बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनका अनुसार नक्कली भुटानी शरणार्थी, सुन प्रकरणलगायतका विषयमा गहिरो गरी निष्पक्ष छानबिनका लागि एमालेसँग सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेको थियो । त्यो सहमतिबाट सरकार अहिले पछि हटेको छ ।

उनले सरकार आफैंले कांक्रा चोर्ने र बिया एमालेको गालामा टास्न सक्रिय रहेको आरोप लगाए । ‘सरकार आफैं सुन तस्करी गर्छ। बाहिर तस्करी नियन्त्रण गर्छौं भनेर नारा लगाउँछ। विमानस्थलको मेसिनले झाला चेक गर भन्छ तर त्यहाँ सरकारले राखेको हेरालोले छिटो ले छिटो भनेर भन्छ। यसरी मुलुकमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न सकिँदैन,’ उनले भने ।

उनले कर्णालीमा प्राकृतिक स्रोत र संस्कृतिको धरोहर रहेको बताए ।


Published :१० आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media