प्रशासनलाई बलियो बनाउने गरी निजामती, शिक्षा ऐन र प्रहरी नियमावली आउँछः मन्त्री साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताएका छन्।

आज कञ्चनपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित शुक्लाफाँटा नगरपालिकाको मुख्य प्रशासकीय भवनको आज परराष्ट्रमन्त्री साउदले उद्घाटन गरेका हुन्।

त्यस अवसरमा मन्त्री साउदले नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा विकास गर्न सम्बद्ध अधिकारीहरू लाग्नुपर्नेमा जोड दिए। सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय भएको उनले बताए।

उक्त भवन १० करोडको लागतमा निर्माण भएको हो। भवनको भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी जम्मा ५१ वटा कोठा छन् ।


Published :२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media