नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व सांसद बम फर्किए एमाले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमा फर्किएका छन् ।

२०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजन हुँदा माधव नेपाल पक्ष तिर लागेका थिए । एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी एक थिए ।
सोमवार विहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका उनी एमालेमा फर्किएका हुन् ।

नेता बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताएका छन् ।

 


Published :४ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media