सेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । तिहार तथा छठ पर्वको बिदापछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो ।

सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।


Published :४ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media