गाजामा भारी वर्षाले आश्रितको जनजीवन कष्टकर

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।

संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै एजेन्सीले लेखेको छ, ‘आश्रयस्थलहरूको अवस्था दयनीय छ । मानिसहरूसँग कुनै विकल्प छैन । मानवता जित्न आवश्यक छ ।’

इजरायलले आफ्नो हवाई आक्रमण सुरु गरेपछि गाजा पट्टीमा लाखौं मानिसहरू विस्थापित भएका छन् । उनीहरु हजारौं पालमा बसिरहेका छन्।


Published :४ मंसिर २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media