युवासंघ र दुर्गा प्रसाईलाई माइतीघरमा प्रदर्शन गर्न नदिने जिप्रका काठमाडौँको निर्णय

राष्ट्रपाटी न्युज

मंसिर ३, २०८०

काठमाडौं । मंसिर ७ गते हुने भनिएको एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको विरोध प्रदर्शन माइतीघरमा गर्न नदिने भएको छ।

जिल्ला प्रशासन कार्याल काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ रविन्द्रप्रसाद आचार्यले कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघरमा कार्यक्रम गर्न नदिइने निर्णय भएको जानकारी दिए ।

उनले दुवै समूहलाई बोलाएर माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको बताए ।

युवा संघ र दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन्। दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो ।

सहायक सिडिओ आचार्यका अनुसार दुवै समूहका लागि विरोध प्रदर्शन गर्ने उपयुक्त स्थान तोकिने र प्रशासनले तोकिएको स्थानमा मात्रै विरोध प्रदर्शन गर्नुपर्ने छ ।

उनका अनुसार प्रशासनले तोकेको ठाउँमा विरोध प्रदर्शन गरेमात्र राज्यले पनि सुरक्षाको प्रत्याभूति दिन सक्छ । सुरक्षा खतरा हुनेगरी कुनै पनि कार्यक्रम आयोजना नदिने भएको छ ।


Published :मंसिर ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media