काठमाडौं । सरकारले माइतीघर मण्डलाबाट पुतलीसडक पद्मोदयमोड र वानेश्वरचोकसम्म कुनै पनि खालका प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ४ देखि लागू हुने गरी ३० दिनका लागि सो क्षेत्रमा पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेपछि सो निर्णयको कतिपयले आलोचना पनि गरेका छन् ।
एमाले निकट युवा संघ र अनेरास्ववियु एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते एकै दिन माइतीघर मण्डलामा फरकफरक मागसहित र एकअर्काबीच पनि प्रतिस्पर्धी जस्तो भएर प्रदर्शन गर्ने भने पछि दुई पक्षबीच झडप हुन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले लगाएको निषेधाज्ञाविरुद्ध अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमा अधिवक्त नेपालले लेखेका छन् ‘माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने हो भने यो लोकतन्त्र होइन पञ्चायत नै भो, सरकारी निर्णयविरुद्ध आज सर्वोच्चमा रीट दायर गरेको छु ।’