इजरायलको आक्रमणबाट गाजामा ८३ मस्जिद ध्वस्त, १७० क्षतिग्रस्त

काठमाडौं । गाजाका सरकारी सञ्चार माध्यमले  इजरायली आक्रमणबाट ८३ मस्जिदहरू ध्वस्त भएका र १७० क्षतिग्रस्त भएका दाबी गरेको छ ।

गत ७  अक्टोबरयता घेराबन्दीमा रहेको प्यालेस्टिनी एन्क्लेभमा इजरायली आक्रमणबाट कुल ८३ मस्जिद ध्वस्त भएका छन् र थप १७० मा क्षति पुगेको गाजाका सरकारी मिडियाले जनाएका हुन् ।

प्यालेस्टाइनीहरूले इजरायललाई गाजाका मस्जिदहरूलाई विनाशको लागि जानाजानी निशाना बनाएको आरोप लगाएका छन् । इजरायली सेनाहरूले हमासले आक्रमणबाट जोगाउन मस्जिदहरू प्रयोग गरेको निराधार दावी गरेका छन् ।


Published :५ मंसिर २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media