२४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौ । प्रहरी प्रधान कार्यालयले विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन निर्देशन दिएको छ ।

नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका विभिन्न दर्जाका कर्मचारीहरुलाई २४ घण्टाभित्र सम्बन्धित् दरबन्दीमा रवाना नभए कारबाही गर्ने चेतवानी दिइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले सबै विभाग, ब्यूरो, निर्देशनालय, महाशाखा, शाखाहरु, सबै प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयलाई २४ घण्टाभित्र सम्बन्धित दरबन्दीमा रवाना हुन पत्राचार गरेको हो ।

रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको छ ।


Published :५ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media