यमनद्‍वारा नेपाल २-० गोलले पराजित

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो ।

ओमार अब्दुल्लाह अल दाहीले ७२औं र ९०औं मिनेटमा गोल गर्दै यमनलाई विजयी बनाएका थिए। नेपाल यसअघि युएईसँग ४-० गोलले पराजित भएको थियो।

 


Published :५ मंसिर २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media