भोलि अत्यावश्यक काममा मात्रै सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले भोलि (बिहीबार) अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ। उसले भोलि विभिन्न समूहले र्‍याली तथा विरोध प्रदर्शन गर्ने भएकाले आवगमनमा असहजता सिर्जना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले यस्तो सूचना जारी गरेको हो ।

नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले भोलि काठमाडौं उपत्यका केन्द्रित विरोध प्रदर्शन गर्दैछन् ।

युवा संघले सरकारको बेथितिविरुद्धमा विरोध प्रदर्शन गर्ने दाबी गरेको छ भने प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका लागि विरोध प्रदर्शन तयारी गरेको छ ।

दुई समूहबीच एकै दिन विरोध प्रदर्शन हुने भएपछि काठमाडौं र ललितपुरले विभिन्न स्थानमा निषेधज्ञा जारी गरेको छ । प्रशासनले युवा संघलाई काठमाडौंको तिनकुने र प्रसाईँ समूहलाई बल्खुमा कार्यक्रम गर्न स्थान तोकिदिएको छ ।

ट्राफिक प्रहरीले सवारी साधन लिएर निस्किनुअघि १०० र १०३ मा फोन गरेर बुझ्नसमेत आग्रह गरेको छ ।


Published :६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media