दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं  । सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ ।

तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो ।

बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर रहेको छ ।

 


Published :६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media