दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा सहभागी हुन उपत्यकाका सात ठाउँबाट जुलुस निस्कने

काठमाडौं  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ ।

जुलुसमा धार्मिक र राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् । जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ ।

आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ ।


Published :६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media