काठमाडौं । आज हुन लागेको काठमाडौं उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका चोकचोक र गल्ली तथा सडकहरूमा सुरक्षा फोर्सको परिचालन गरिएको छ ।
अप्रिय घटना नहोस् भनेर प्रहरीले सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरेको छ । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्डमा खटिएका छन्।
आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले तीनकुनेमा प्रदर्शन गर्दैछन् । कार्यक्रम सुरु हुनु अगावै तीनकुने वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।