युवा संघ र दुर्गा प्रसाई समूहको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

काठमाडौं । काठमाडौंको कोटेश्वर-तीनकुने र बल्खु आसपासको सवारी साधन  अस्तव्यस्त बनेको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता/कार्यकर्ता कोटेश्वर-तीनकुनेमा प्रवेश गर्ने क्रम बढेसँगै सवारी साधन अस्तव्यस्त बनेको हो।

प्रदर्शनकारीहरु सडकमा प्रवेश गरेसँगै भक्तपुर-काठमाडौं, रत्नपार्क-कोटेश्वर सडकमा आवातजावतमा समस्या भएको छ ।

भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ।  युवा संघका प्रवक्ता निरोज पौड्यालले मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले आज काठमाडौंमा प्रदर्शन गरेको बताए ।


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media