काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
बल्खुमा आयोजित कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत हानेको छ । स्थिति तनावग्रस्त बनेको छ।