शेयर बजारमा ९.८७ अंकको वृद्धि

काठमाडौँ । बिहीबार शेयर बजार  नेप्से परिसूचक ९.८७ अंक बढेर १८६०.२० विन्दुमा पुगेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २९२ स्टकको ४८ हजार ४९३ पटकको कारोबारमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

४८ हजार ४९३ पटकको कारोबारमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३१ रुपैयाँ ६० पैसा बढेर ३४८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने सानिमा रिलायन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media