रणभूमि बन्यो बल्खु क्षेत्र (फोटोफिचर)

काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप हुँदा रणभूमिमा परिणत भएको छ ।

प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा प्रहरीले पानीको फोहरा, आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए ।

झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूहले भने आफूहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।

 


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media