काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।
आज ११ बजे देखी तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु-याउने उदेश्यले आन्दोलन गर्न लागेको सुचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँवाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन ।
उता, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा प्रसाई समुहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गरेको छ । सोक्रममा ७ जना जति पक्राउ परेका छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरी चौकी लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।