शान्ति प्रक्रियामा भएको ढिलाइ प्रति द्वन्द्वपिडित समुदायको आपत्ति

काठमाडौं । बिस्तृत शान्ति सम्झौता भएको सत्र बर्ष पुरा हुँदा पनि संक्रमणकालिन न्याय प्रक्रिया टुंगोमा नपुगेको भन्दै सरोकारवाला द्वन्द्व पिडित समुदायले आपत्ति जनाएका छन्। हाल संसदको कानुन तथा मानव अधिकार समितिमा विचाराधीन विधेयक तत्काल पारित गर्न माग गर्दै बिभिन्न २४ व्यक्ति तथा संघ संस्थाहरुले अपिल जारी गरेका छन्। संक्रमणकालिन न्याय ऐन संसोधन बिधयक तत्काल पारित गरि पिडित केन्द्रित र विश्वशनिय आयोगहरु स्थापना गर्न उनीहरुको जोडदार माग रहेको छ।

शसस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरुको सत्य तथ्य उजागर गर्ने ,पीडकलाई सजाय र पिडितलाइ न्याय र परिपूरण प्रदान गर्ने कार्य छिटो भन्दा छिटो हुनुपर्ने द्वन्द्व पिडित राष्ट्रिय संजालका अध्यक्ष गोपाल बहादुर शाहको भनाइ छ।
द्वन्द्व पिडित समुदायले निकालेको अपिल :-


Published :८ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media