तीनकुनेमा कार्यक्रम गर्ने अनुमति दिएर रोकिएको प्रसाईको गुनासो

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले पुर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।

भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।

‘म लहानमा हुदाँ काठमाडौंको सिडयो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोलिदेखि तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईले भने । उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पूर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।


Published :८ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media