काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले आन्दोलनकारीलाई लिएर नेताहरुको घरमा जाने बताएका छन् ।
हिजो देखी ‘ब्यवस्था बिरोधी’ आन्दोलन सुरु गरेका प्रसाईले दुखित चेलिबेटीहरुलाई लिएर घर घेराऊ गर्ने बताएका हुन् ।
‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौं,’ प्रसाईले भने, ‘अब उनीहरुले उहाँहरुको जिम्मा लिनुपर्नेछ ।’
उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईहरु आउनु भएन भने भोली तपाईहरुको धनीपुर्जा पनि हुन्न् ।’
प्रसाईले पुर्व अनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।
भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।
‘म लहानमा हुदाँ काठमाडौंको सिडयो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनु भयो, भोली देखी तीनकुनेमा गर्छौ भने पछि हुन्छ भन्नु भएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईले भने । उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पुर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।