धार्मिक अतिवाद र साम्प्रदायिकता फैलाउने काम भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौति पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले एकथरी मानिसहरु जातिय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कहिँ न कहिँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताउनु भयो । उहाँले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने मासवादीले भएको र आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले कोप २८ मा नेपाल योद्धाको रुपमा प्रश्तुत हुने बताए । उनले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणिय जोखिमको मार भुगोलको हिसावले साना र जनसंख्याको हिसावले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको बताए । उनले रिव देशहरुको मध्ये पनि बालबालिका, महिला र अशक्तहरुलाई यसको सबैभन्दा बढी जोखिम भएको बताए ।

प्रधानमन्त्री दाहालले आफ्नो अधिकार स्थापित गर्ने संघर्षको रुपमा कोप २८ मा प्रस्तुत हुने प्रतिवद्धता जनाए ।


Published :९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media