इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने हमासको तयारी

राष्ट्रपाटी न्युज

१० मंसिर २०८०

काठमाडौं । हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ।

शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतवार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ । सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो।

 


Published :१० मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media