काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।
संघीय संसद संसदीय सुनुवाई समितिले आईतवारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदुतमा प्रश्तावित पौड्यालको नाम अनुमोदन गरेको हो ।
यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रश्तावित राजदूत पौड्यालको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताए । उनले प्रश्तावित राजदुत पौड्यालबिरुद्ध दुई वटा उजुरी परेको बताए । उनले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदुत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए ।
संसदीय समितिले अनुमोदन गरेपछि अब राजदुत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रश्तावित राजदुतको नाममा सम्बन्धित मुलुकबाट एग्निमाे आएपछि राष्ट्रपतिले राजदूतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।
उनको परराष्ट्र सचिवको कार्यकाल भने यही मंसिर २० गते सकिँदैछ।