केही तत्वले गणतन्त्रविरुद्ध प्रहार गर्ने कोसिस गरिरहेका छन् : प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

मंसिर १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही तत्वहरूले लोकतन्त्र र गणतन्त्रविरुद्ध प्रहार गर्ने कोसिस गरिरहेको बताएका छन् । सामाजिक सुरक्षा कोष दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कहिल्यै पछाडि नफर्केको स्पष्ट पारे ।

उनले भने- ‘कतिपय व्यक्तिहरूले लोकतन्त्र र गणतन्त्रविरुद्ध प्रहार गरिरहेका छन्। जनताले ल्याएको व्यवस्थाविरुद्ध प्रहार गर्ने प्रयास भइरहेको छ। तर इतिहास सधैं अग्रगमनितरै जान्छ। पछाडि फर्केको इतिहास छैन।’

उनले लद्युवित्त, सहकारी, बैंकलगायत क्षेत्रका समस्या समाधान गर्न निर्देशन दिएको बताए । सुकुम्बासी र अव्यवस्थित बसोबासबारे पनि महत्वपूर्ण नीति बनेको उनको भनाइ छ ।

उनले विकसित देशहरूका कारण नेपालमा जलवायु परिवर्तका असर देखिएको बताए । उनले सामाजिक सुरक्षा विद्यमान समस्या समाधान गर्ने बताए ।


Published :मंसिर १०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media