सेयर बजारमा ११.२७ अंकको गिरावट

राष्ट्रपाटी न्युज

११ मंसिर २०८०

काठमाडौं । चालु साताको दोस्रो दिन सेयर बजार ओरालो लागेको छ ।

पहिलो दिन आइतबार ४७.७५ अंकले बढेको सेयर बजार सोमबार ११.२७ अंकले घटेर १८९६.६७ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार २९० कम्पनीका ५२ हजार २०९ पटक भएको कारोबारमा ५९ लाख ९६ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा  १ अर्ब ७४ करोड ७७ लाख ६४ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ६१ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।


Published :११ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media