गौशालामा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप

राष्ट्रपाटी न्युज

११ मंसिर २०८०

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिरोध प्रदर्शन गरेको छ ।

सोमवार व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानले बिरोध प्रदर्शन गरेको हो । धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन शुरु भएको हो । यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा बिरोध प्रदर्शन गरेका थिए ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलनलाई जारी राखेका छन् ।

गौशालाको मुल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।


Published :११ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media