नवलपरासी (पूर्व) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दु धर्मका विषयमा छलफल गर्न सकिने बताएका छन् । कांग्रेस नवलपरासी (पूर्व)को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले धर्म निरपेक्षता, संघीयतालगायतका विषयमा छलफल वा पुनर्विचार गर्न सकिने बताए ।
केही समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने विषयमा विरोध प्रदर्शन गरिरहेका बेला देशकै ठूलो पार्टीका सभापतिले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले संविधानले नै राजा हटाउने निर्णय गरेको भन्दै कसैले भन्दैमा राजतन्त्र भने नफर्किने स्पष्ट पारे ।
नेपाल गणतन्त्र निर्विकल्प रहेको उनको भनाइ छ।