मेची राजमार्गमा यातायात ठप्प

राष्ट्रपाटी न्युज

१२ मंसिर २०८०

काठमाडौँ  । ‘कोशी’नाम खारेजीको माग गर्दै संघर्ष गरिरहेका पहिचानबादीहरुले आव्हान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प छ। बन्दका कारण मेची राजमार्गको ताप्लेजुङदेखि झापासम्म यातायात ठप्प छ।

सडकमा सवारी साधन सञ्चालन नहुँदा मंगलबार बिहानैदेखि मेची पहाडको जनजिवन प्रभावित बनेको छ। प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको हो।
ताप्लेजुङमा पक्राउ परेका आफ्ना दुई जना कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै संघर्ष समितिले मेची राजमार्ग ठप्प पारेको हो।

दुई दिन अघि ताप्लेजुङ आएका नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई कालो झण्डा देखाएको र भट्टराईको गाडी तोडफोड गरेको आरोमा ताप्लेजुङ प्रहरीले दुई प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पाथीभरा याङवरक गाँउपालिका १ का बिपिन कङ्लिम्बा र आनन्द कङ्लिम्बालाई प्रहरीले पक्राउ गरेको हो। झुटो आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै पहिचानवादीहरुले मेची राजमार्ग ठप्प पारेका हुन् ।

 


Published :१२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media